के गरिमाले पल शाहसँग काम नगर्ने बताएकी हुन् ?

१६ वैशाख २०७९ ११:०३

मोडल गरिमा शर्माले ‘नबोली नबोली’ बोलको गीतमा काम गरेपछि म्युजिक भिडियो बजारमा राम्रो क्रेज बनाइन् । टिकटकबाट उदाएकी गरिमाले यो गीत हिट भएपछि भिडियोको अफर प्रशस्तै पाइन् ।

सोही समयमा उनी र मोडल तथा नायक पल शाहको म्युजिक भिडियो पनि छ्याप्तछ्याप्ती आउन थाले । गरिमा र पलले एकसाथ भ्लग पनि बनाए । पलले पनि गरिमाको नाम म्युजिक भिडियोका मेकरसँग सिफारिश गरेको चर्चा चलेको थियो ।

कतिपयले गरिमालाई पलको नामले नै हिट भएको र पलले सिफारिश गर्दा काम धेरै पाएको भन्दै आलोचना गर्न छाडेनन् । तर, जे भएपनि गरिमाको हातमा भिडियोको कमी थिएन ।तर, नायक पल शाह थुनामा परेपछि गरिमाको हातमा पनि भिडियोको अभाव हुन थालेको छ । उनीसँग काम गर्न मेकरहरु खासै इच्छुक नभएको म्युजिक भिडियो बजारमा चलेको हल्लाबाट थाहा हुन्छ ।

यही चर्चाको बिचमा, मोडल गरिमा शर्माले केही दिन अगाडि टिकटक लाइभमा आएर ‘नायक पल शाहसँग काम गर्दिनँ’ भन्दै अभिव्यक्ति दिइन् । यो अभिव्यक्तिसँग पलका फ्यान उनीसँग रिसाए । पल शाहको फ्यान क्लबले उनलाई बहिष्कार नै गर्ने घोषणा गरेको छ ।

तर, के गरिमाले पल शाहसँग काम नगर्ने भनेर सोझै भनेकी हुन् त ? यसका लागि उनको भिडियो राम्रोसँग सुन्नुपर्छ । गरिमाले पलको बिषयमा बोलेपनि, नबोलेपनि, पललाई भेट्न नजादा पनि आफूले मात्र गाली गाएको भन्दै आँशु बगाएकी छिन् । साथै, उनले अन्य व्यक्तिले झै आफूले पललाई फाइदाका लागि प्रयोग नगर्दा पनि गाली खान नछाडेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले, टिकटकको लाइभमा आएर पलको नाम नलिने पनि बताइन् । सोही समयमा उनले भनिन्–‘यदि, तपाइहरु यस्तै चाहुनुहन्छ भने अबदेखि म पल शाहसँग काम गर्दिनँ ।’

गरिमाले पलका फ्यानले चाहेको खण्डमा आफूले उनीसँग काम नगर्ने बताएकी थिइन् । तर, पलका फ्यानले गरिमाले अब पलसँग काम गर्दिन भनेर भनेकी छिन् भन्दै उनलाई बहिष्कार नै गर्ने चेतावनी दिए । म्युजिक भिडियो क्षेत्रमा आएको छोटो समयमा नै हिट भएर फेरि असफलताको बाटोमा दौडिरहेकी मोडल हुन्, गरिमा शर्मा । अहिले फेरि उनको बोली उनलाई नै भारी पर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *