बक्स अफिसमा ‘मन्त्र’: लगानी उठाउन चमत्कारको खाँचो

१६ वैशाख २०७९ ६:२७

आजबाट नयाँ नेपाली चलचित्र ‘मन्त्र’ रिलिज भएको छ । खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले प्रिमियरमा समीक्षक, पत्रकार, फिल्मीकर्मीको तारिफ नै बटुल्यो । यसैले, पनि यो चलचित्रले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्नुपर्ने हो ।

तर, चलचित्रलाई सबैभन्दा पहिले त प्रदर्शकबाट नै ठूलो साथ मिलेको छैन । चलचित्रले अधिकांश हलमा एक शोजमै चित्त वुझाउनु परेको छ । यसको अर्थ, चलचित्रले हाउसफूलको व्यापार गरेपनि पहिलो दिन लोभलाग्दो व्यापार नगर्ने पक्का छ ।

सौगात मल्ल, दिया पुन, वुद्दि तामाङको मुख्य भूमिका रहेको चलचित्रको प्रचारप्रसार निक्कै नै फितलो भयो । जसलेगर्दा, प्रिमियरमा रुचाइएको चलचित्र हलसम्म आएको दर्शकले पत्तो नै पाएनन् । अहिले ठूलो स्वरले नभनेसम्म हलमा चलचित्र लागेको थाहा हुँदैन । यसैले, ‘मन्त्र’ले दर्शकको ठूलो साथ पाउन ठूलै चमत्कार हुनुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *