२ सातामा ‘ए मेरो हजुर ४’ले कमायो ५.६ करोड, तेश्रो सिरिजको व्यापार छुन मुश्किल

१६ वैशाख २०७९ ६:०७

बिहिबारदेखि तेश्रो सातामा प्रवेश गरेको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले बक्स अफिसमा ६ करोड नजिकको व्यापार गरेको छ ।

यो चलचित्रले पहिलो साता ४.१ करोडको व्यापार गरेको थियो । दोश्रो सातामा चलचित्रको व्यापार करिब १.५ करोड भएको निर्माणपक्षले उल्लेख गरेको छ । चलचित्रले २ सातामा ५.६ करोडको व्यापार गरेको छ । चलचित्र ‘ए मेरो हजुर ३’ले लाइफ टाइम कलेक्शन ८ करोड माथि गरेको थियो । तर, यसको चौथो सिरिजले यति ठूलो आँकडा छुने संभावना कम देखिएको छ ।

किनकी, आजबाट चलचित्रको शोजहरुमा कटौती हुनु, नयाँ नेपाली र हिन्दी चलचित्र रिलिज हुनु आदि कारणले पनि ‘ए मेरो हजुर ४’को कमाई ६ करोड वरिपरी सकिने विश्लेषण गर्न सकिन्छ । यसअर्थमा निर्माताको हातमा चलचित्रबाट २ करोड भन्दा केही रकम माथि मात्र पर्न सक्छ । चलचित्रलाई साउथको चलचित्र ‘केजीएफ २’ले ठूलो असर पारेको थियो । यसैले, पनि चलचित्रले तेश्रो सिरिजको आँकडा छुन नसकेको हो ।

झरना थापा निर्देशित यो चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ । दर्शकले चलचित्रको चौथो भन्दा तेश्रो सिरिजलाई बढी मन पराएका छन् । वर्ड अफ माउथ मिश्रित आउनु पनि चलचित्रको व्यापार अपेक्षाकृत नहुनुको एक कारण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *