‘अवतार–द वे अफ वाटर’को फोटो लिक

१६ वैशाख २०७९ ५:२६

पौष १ गते अर्थात डिसेम्बर १६ बाट रिलिज हुन लागेको प्रतिक्षित हलिउड चलचित्र ‘अवतार–द वे अफ वाटर’का केही तस्वीर सार्वजनिक भएका छन् । जेम्स क्यामरुनको निर्देशनमा तयार भएको यो चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड राख्ने अनुमान गरिएको छ ।

यसपटक, निर्देशकले चलचित्रको सम्पूर्ण दृश्यलाई पानी मुनी खिचेका छन् । यसैले, पनि उच्च भीएफएक्समा तयार पारिएको चलचित्रले बक्स अफिसमा सुनामी ल्याउने अनुमान गरिएको छ । ‘अवतार’ले विश्व बजारमा नयाँ रेकर्ड राखेकाले पनि क्यामरुनको यो फ्रान्चाइजले दृश्यभाषमा नयाँ परिभाषा सेट गर्ने अपेक्षा गरिएको छ ।

काल्पनिक विज्ञानको कथामा तयार भएको चलचित्र ‘अवतार’ले बक्स अफिसमा २.८ विलियन डलरको कमाई गरेको थियो । जेम्सले सन् २००९ मा तयार भएको ‘अवतार’पछि यसको सिक्वेल बनाउन १२ बर्ष लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *