फिल्म चलेपछि सुहानाले किन मागिन् माफी ?

१५ वैशाख २०७९ १५:३४

नायिका सुहाना थापाले आफू अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज भैरहेको समयमा माफी मागेकी छिन् । सामाजिक संजालमा लामो पत्र लेख्दै उनले यौनिक अल्पसंख्यकसँग माफी मागेकी हुन् । चलचित्रमा उनीहरुलाई मजाक बनाएपछि चलचित्रको टिम आलोचित हुँदै आएको थियो । सुहानाले आफूहरुको उद्देश्य कसैमाथि मजाक नबनाउनु भएको बताउँदे अन्जानमा त्यस्तो हुन गएकोमा माफी मागेकी हुन् ।

उनले, चलचित्रका ३ वटा सिरिजमा नै यस्तो भएको भन्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने समेत प्रतिबद्धता व्यक्त गरेकी छिन् । सुहानाले लेखेकी छिन्–‘यौनिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेकोमा म र मेरो टिमको तर्फबाट माफी चाहन्छु । यौनिक अल्पसंख्यक शिव पार्वतीको रुप हो भन्ने हाम्रो विश्वासका कारण पनि हामीले चलचित्रमा यस्तो चरित्रलाई स्थान दिदै आएका हौं । आगामी दिनमा यस्ता कुराहरु सच्याउने वाचा समेत गर्दछौं ।’

निर्देशक झरना थापा र चलचित्रको निर्माण टिम सुहाना थापा इन्टरटेन्मेन्टले ‘ए मेरो हजुर’का ३ वटै सिजनमा यौनिक अल्पसंख्यकको कथालाई स्थान दिदै आएको छ । तर, उनीहरुलाई मजाक बनाइएको भन्दै आलोचना हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *