अनमोल–सुहानासँग हुनुपर्ने दुर्गेश, भैदीए जी बब

२५ चैत २०७८ ९:२५

हुनत, माथि प्रस्तुत गरिएको तस्वीरमा नायक अनमोल केसी र नायिका सुहाना थापासँग गायक दुर्गेश थापा हुनुपर्ने हो । तर, समयले नै साथ नदिएपछि कसको के लाग्छ र ? डेढ बर्ष अगाडि वैशाख १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’का लागि दुर्गेश थापाले एउटा गीत गाएका थिए । गीतमा दुर्गेशको पनि अभिनय थियो । सो समयमा दुर्गेश बलेका पनि थिए ।

तर, अहिले समय उल्टियो । चलचित्र रिलिज हुन ढिलाई भएपछि दुर्गेशको ठाउँ र्यापर सुदीप भण्डारी (जी बब)ले लिएका हुन् । गायक थापा नायक पल शाह प्रकरणमा मुछिएपछि उनी विरुद्ध पल शाहका फ्यान आगो छन् । पलले दुर्गेशसहितको एउटा अडियो सार्वजनिक गरिदिएपछि उनी यो मुद्दामा तानिएका हुन् । फिल्म रिलिजको समयमा दुर्गेशको गीत र उपस्थितीले चलचित्रलाई नै असर गर्ने ठानेर होला, निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले यो पटक बठ्याँई गरेका छन् ।

अब, गीतमा दुर्गेशको ठाउँमा सुदीपको प्रवेश भयो । सामाजिक संजालभरी चलचित्रको टिमले जी बबसँगको तस्वीर सार्वजनिक गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *