‘केजीएफ २’ले पार गर्यो सलमान, आमिर र रणवीरको फिल्मको व्यापार

१५ वैशाख २०७९ ८:०९

अप्रिल १४ तारिखबाट रिलिज भएको साउथ चलचित्र ‘केजीएफ २’को हिन्दी भर्सनले नयाँ रेकर्ड बनाइरहेको छ । तेश्रो सातामा रिलिज भैरहेको यो चलचित्रले बलिउडका ठूला तिन चलचित्रको व्यापारिक आँकडा तोडिदिएको छ । यो चलचित्रले नायक सलमान खानको ‘टाइगर जिन्दा हे’, आमिर खानको ‘पीके’, रणवीर कपुरको ‘सञ्जु’ चलचित्रको लाइफ टाइम कलेक्शनलाई तोडेको हो ।

चलचित्रले दोश्रो साताको शुक्रबार ११.५६ करोड, शनिबार १८.२५ करोड, आइतबार २२.६८ करोड, सोमबार ८.२८ करोड, मंगलबार ७.४८ करोड र बुधबार ६.२५ करोडको व्यापार गर्दै रेकर्ड तोडेको हो । चलचित्रले दोश्रो सातासम्म २४३.१३ करोडको व्यापार गरेको छ ।

यो चलचित्रले अब हिन्दी भर्सनमा रिलिज भएको ‘बाहुबली २’ र आमिर खानको ‘दंगल’ चलचित्रको रिलिज तोड्न बाँकी छ । यो चलचित्रले नयाँ नयाँ रेकर्ड बनाइराख्दा बलिउड चलचित्र ‘जर्सी’ भने बक्स अफिसमा नराम्रोसँग पिटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *