१६ बर्षपछि ‘धड्कन’को सिरिज बनाउँदै नरेश पौड्याल

१५ वैशाख २०७९ ७:२६

नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक नरेश पौड्यालले १६ बर्ष अगाडि निर्माण भएको हिट चलचित्र ‘धड्कन’को सिरिज बनाउने भएका छन् । यो चलचित्र रिलिज भएको १६ बर्षपछि यही नाम सापटी लिएर उनले चलचित्र बनाउन लागेका हुन् ।

‘धड्कन २’ नाम दिइएको चलचित्रको यतिबेला लेखक मौनता श्रेष्ठले कथा लेखिरहेका छन् । चलचित्र ‘धड्कन’को कथा पनि मौनता श्रेष्ठले नै लेखेका थिए । लभ स्टोरी कथामा निर्माण हुने यो चलचित्रलाई भदौबाट छायांकनमा लैजाने तयारी नरेशको छ । नरेशले हाम्रो सिनेमासँग कुरा गर्दै भने–‘एकदमै फरक कथामा चलचित्र बनाउने तयारीमा छु । चलचित्रको कथा मैसँग थियो, स्क्रिप्टको काम सुरु भएको २ साता भयो ।’

‘धड्कन’ नेपाली बक्स अफिसमा सुपरहिट भएको थियो । रेखा थापा, अरुणीमा लम्साल, रमीत ढुंगाना, निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्रको गीतसंगीतले पनि दर्शकको मन जितेको थियो । ‘हिरो, धड्कन, दीपशिखा, अभिमन्यू’ लगायतका चलचित्र निर्देशन गरेका नरेश पौड्यालले नेपाली चलचित्र क्षेत्रमा रेखा थापा, पूजना प्रधान, अरुणिमा लम्साल जस्ता कलाकार जन्माएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *