‘आँधी तुफान २’को रिलिज मिति घोषणा, तीन नायिकाको एक्सन

१५ वैशाख २०७९ ६:४४

चलचित्र ‘आँधी तुफान २’को निर्माणपक्षले फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको छ । चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । यो चलचित्र साउनको २० गतेबाट नेपालभर रिलिज हुने भएको छ । सस्पेन्स थ्रिलर कथामा तयार भएको चलचित्रले नारी शक्तिको कथा भन्छ । चलचित्रका लेखक तथा निर्माता मौनता श्रेष्ठले वितरकसँग छलफल गर्दै रिलिज मिति तय गरेको बताए ।

ओम साई भक्त मुभि प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा रवि गिरी, पुस्कर राउत, संचीत भण्डारी, आरती आचार्य, सोनी बीसी, याङ्शु श्रेष्ठ, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, संजय खतिवडा, कनिज कोइराला लगायतका कलाकारको अभिनय छ ।

मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारीर विक्रम थापाको संगीत, प्रेम चुल्ठेको एक्सन, मन्दिल श्रेष्ठको सम्पादन रहेको चलचित्रले दर्शकलाई निराश नबनाउने निर्माणपक्षको भनाई छ । वि.सं २०६३ सालमा रिलिज भएको ‘आँधी तुफान’ नामक चलचित्रको सिरिजको रुपमा यो चलचित्र निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *