समीक्षाको स्टाटस–‘तिम्रो लागि सधै म हार्न सक्छु’

१५ वैशाख २०७९ ६:०९

गायिका समीक्षा अधिकारीले सामाजिक संजालमा लामो समयपछि एउटा स्टाटस लेखेकी छिन् । उनले, एउटा सायरी लेख्दै तिम्रा लागि मर्न र मार्न सक्ने कुरा उल्लेख गरेकी छिन् ।

समीक्षाले लेखेकी छिन्–‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु । तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु । तिम्रो जितमा उत्सव मनाउने मान्छु हुँ म । त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’

समीक्षाले केही समयदेखि सामाजिक संजालमा आफ्ना रिलिज गीतहरु सार्वजनिक गर्दै आएकी थिइन् । उनले, लामो समयपछि कसैको प्रेमका लागि आफूले हार्न र मर्न सक्ने उल्लेख गरेकी छिन् । समीक्षाको यो स्टाटसलाई उनका फ्यान र आम दर्शक तथा श्रोताले अर्थपूर्ण रुपमा हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *