‘कबड्डी ४’को ट्रेलरः अन्तिम सिरिजमा होला त काजीको बिहे ?

१५ वैशाख २०७९ ५:५४

जेठको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट २८ सेकेन्ड लामो चलचित्रको ट्रेलर काजीको बिहे हुन्छ या हुँदैन भन्ने प्रश्नकै वरिपरी घुमेको छ ।

बासुरी फिल्मस्सँग सुष्मा प्रोडक्शनले सहकार्य गर्दै यो चलचित्र निर्माण भएको हो । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको अभिनय छ । शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो चलचित्रलाई रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । रामबाबु गुरुङ चलचित्रका निर्देशक हुन् ।

चलचित्रमा बिशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, मणीराम पोखरेल र ओम चन्द्र रौनियारको लगानी छ ।,अर्जुन कार्की यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रको ट्रेलरमा सोल्टीनी मिरुनालाई पाउन दयाहाङले गरेको संघर्ष, सौगात मल्लको प्रवेशसँगै कथामा आएको परिवर्तनलाई प्रस्तुत गरिएको छ ।

यो चलचित्रलाई ‘कबड्डी’ सिरिजको अन्तिम चलचित्र भनिएको छ । यसैले, यसपटक काजीको बिहे हुन्छ या हुँदैन भन्ने चासो आम दर्शकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *