गम्भिर कार दुर्घटनामा परे प्रमोद, लेख्छन्–‘भगवान्ले नयाँ जिन्दगी दिए’

१५ वैशाख २०७९ ५:१३

केही महिना अगाडि स्टेजमा गीत गाउँदा गाउँदै खसेर घाइते भएका गायक प्रमोद खरेल विस्तारै लयमा फर्किदै थिए । तर, उनी फेरि आज बिहान गम्भिर कार दुर्घटनामा परेका छन् । उनी, बुधबार बेलुकी तुलसीपुर दाङका लागि कार्यक्रमतर्फ जाँदै गर्दा रातको १ बजे होटल पुग्नु भन्दा १० मिनेट अगाडि कार दुर्घटनामा परेका हुन् ।

प्रमोद चढेको कार सडकको पर्खालमा बज्रिन पुगेको थियो । निन्द्रामा रहेको समयमा आफ्नो होस पनि गुमेको उनले उल्लेख गरेका छन् । प्रमोदका अनुसार, उनलाई गाडीको एयर ब्याग र सिट बेल्टले बचाएको हो । राती ४ बजे अस्तपतालबाट डिस्चार्ज भएर आफू काठमाडौं आएको र ६ घन्टा लामो समय चेकअप गरेपछि भित्री घाउ केही नदेखिएको पनि प्रमोदले लेखेका छन् । प्रमोदले केही दिन आफूले आराम गर्ने भएकाले स्टेज कार्यक्रम, रेकर्डिङ पनि स्थगित गरेको लेखेका छन् ।

गायक खरेलका अनुसार, यसपटक पनि उनलाई भगवान्ले बचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *