‘लाइफ इन एल ए’मा ब्यास, शिल्पा र आकेशाको प्रेमकथा

१५ वैशाख २०७९ ५:०६

जेठको ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लाइफ इन एल ए’को ट्रेलर बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । करिब ३ मिनेट लामो ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतार चढाव, विदेशमा बस्ने नेपालीको लाइफ स्टाइललाई समावेश गरिएको छ ।

त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यो चलचित्रमा ब्यास बिस्सु, आकेशा बिष्ट, शिल्पा मास्के, गौरव पहारी, वुद्दि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको मुख्य भूमिका छ । यस्तै, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय हेर्न सकिन्छ । सुर्य एन श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा ब्यास बिस्सुको लगानी छ । संसार सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रको अमेरिकाका निर्माता राजेन्द्र कठुराथी हुन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ । अमेरिकामा यो चलचित्रको शो भैसकेको छ, जसमा दर्शकले उल्लेख्य साथ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *