वर्षाको बिहेः परिवारको प्रस्तावमा चिनजान, अमेरिकामा बिहे फाइनल

१२ वैशाख २०७९ १२:५४

नायिका वर्षा सिवाकोटीले शुक्रबार अमेरिका विगत १५ बर्षदेखि बस्दै आएका आशिष गेलालसँग बिहे गरिन् । वर्षाले बैबाहिक जीवनलाई गुपचुप राख्ने खुबै कोशिश पनि गरिन् । तर, बिहेपछि भने उनले सिरिजका रुपमा बिहेका तस्वीहरु सार्वजनिक गरिरहेकी छिन् ।

वर्षाका श्रीमान् आशिष इन्जिनियर रहेको चर्चा पनि चलेको थियो । तर, वर्षाका अनुसार उनी इन्जिनियर नभएर फाइनान्स लिडर हुन् । उनी, ग्लोबल अटोमोटिभ कम्पनीका फाइनान्स लिडर रहेको वर्षाले बताइन् । आशिष र उनको परिवार १५ बर्षदेखि अमेरिकाको न्यूयोर्कमा रहँदै आएका छन् ।

वर्षा र आशिषको बिहेको प्रस्ताव उनको परिवारले ल्याएको हो । आफ्नो परिवारबाट आशिषसँग बिहेको प्रस्ताव आएपछि वर्षा अमेरिका पुगिन् । अमेरिका पुगेर उनीहरुविच भेटघाट भयो । अमेरिकामा नै बिहेको योजना बन्यो र नेपाल आए लगतै उनीहरु बैबाहिक जीवनमा बाँधिएका हुन् ।

वर्षाका अनुसार, उनी नेपालमा आफ्नो सबै काम सकेर मात्र केही समयपछि अमेरिका जानेछिन् । वर्षाले नेपाली फिल्म क्षेत्रलाई पनि निरन्तरता दिने बताएकी छिन् । उनी अभिनित फिल्म ‘लक्का जवान’ रिलिजको तयारीमा छ । यस्तै, ‘मनसँग मन, परदेशी २’ पनि रिलिजको तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *