बिहेमा श्रीमान्सँग खुशी देखिएकी वर्षा बिदाइमा खुबै रोइन्

१२ वैशाख २०७९ ५:४२

नायिका वर्षा सिवाकोटीले शुक्रबार गोप्य तरिकाले बिहे गरिन् । बिहेमा उपस्थित पाहुनालाई पनि तस्वीर सार्वजनिक गर्न दिइएन । तर, बिहे सकिएपछि भने वर्षाले किस्ता किस्तामा तस्वीर सार्वजनिक गरिरहेकी छिन् । हल्दी, मेहेन्दी सेरेमोनीको तस्वीर सार्वजनिकी गरेकी वर्षाले श्रीमान् आशिष गेलालसँगका तस्वीर आइतबारमात्र इन्स्टाग्राममा पोष्ट गरिन् ।

बैबाहिक समारोहमा वर्षा निक्कै खुशी देखिएकी थिइन् । उनी र आशिष मुस्कुराउँदै गरेको तस्वीरले उनले नै पोष्ट गरेकी छिन् । तर, वर्षा बिदाइको समयमा भने खुबै रोइन् । उनी, रुदा परिवारका सदस्य पनि रोएका थिए । वर्षा श्रीमान्सँग गाडीमा बस्दा पनि रोइरहेकी थिइन् । वर्षाको आँशुले अरुलाई पनि रुवायो ।

जीवनमा बिहे कहिले हुन्छ भन्न सकिदैन भन्दै आएकी वर्षाले छोटो समयमा नै निर्णय गरेर बिहे गरेकी हुन् । अमेरिकामा रहँदै आएका आशिषसँग वर्षा केही महिनामै अमेरिका जानेछिन् । उनले अभिनय गरेको चलचित्र ‘लक्का जवान’ बैशाखको २३ गतेबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *