प्रेममा अभागी सिद्धार्थ, कियारासँग पनि ब्रेकअप

१२ वैशाख २०७९ ४:४७

बलिउडमा कुन कलाकारको प्रेम कतिबेला जोडिन्छ र कतिबेला टुट्छ भन्ने पत्तै हुँदैन । कलाकारहरु प्रेममा परेको खबर सार्वजनिक भएको केही समयपछि नै ब्रेकअपको खबर सार्वजनिक हुन्छ । नायिका कियारा आडवाणीको चर्चा बलिउडमा खुबै छ । हिट चलचित्रको साथमा उनको बोल्ड अवतारले पनि सधै चर्चा पाउँछ । योसँगै उनको र नायका सिद्धार्थ मल्होत्राको प्रेमको खबरले पनि मिडियामा खुबै चर्चा पाइरहेको थियो ।

उनीहरुले सार्वजनिक रुपमा प्रेममा रहेको स्विकार नगरेपनि ३ बर्षदेखि यी दुई एक अर्कालाई डेट गरिरहेका थिए । तर, यी २ जनाको प्रेममा ब्रेक लागेको खबर छ । यो खबरले उनीहरुको फ्यानको मनमा चोट पक्कै पनि पुग्नेछ ।

उनीहरुले एक अर्कासँग भेटघाट गर्न छाडेका छन् । २ जनाको ब्रेकअपको कारण पनि खुलेको छैन । सिद्धार्थको कियारा अगाडि नायिका आलिया भट्टसँग प्रेम थियो । तर, आलियाले सिद्धार्थसँग ब्रेकअप गरेर नायक रणवीर कपुरसँग बिहे गरिसकेकी छिन् । यसअर्थमा, सिद्धार्थ प्रेमको मामालामा अभागी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *