केकीले बेनिशालाई यति परको किन सोचिन् ?

१२ वैशाख २०७९ ४:२९

नायिका केकी अधिकारीले गोप्य तरिकाले बिहे गरिन् । बिहेपछि भने उनले सिरिजका रुपमा तस्वीर सार्वजनिक गरिरहेकी छिन् । तस्वीर सार्वजनिक गर्दै गर्दा केकीको मेहेन्दी सेरेमोनीमा नायिका रीमा विश्वकर्मा पनि देखिएकी छिन् ।

रीमासँग केकी निक्कै खुशी छिन् । हुन पनि हो, केकी र रीमाले एकसाथ चलचित्र ‘स्वर’बाट यो क्षेत्रमा डेब्यू गरेकी हुन् । यही चलचित्रबाट नायिका बेनिशा हमालले पनि डेब्यू गरिन् । यसपछि, यी ३ जनाको मित्रता खुबै फस्टायो । बाहिरबाट हेर्नेहरुलाई लाग्छ, उनीहरुको मित्रता अझै पनि उस्तै छ ।

तर, केकी अधिकारीको बिहेमा उनकी नजिककी साथ बेनिशा हमाललाई भने निमन्त्रणा भएन । तर, रीमा भने केकीको बिहेमा परिवारको सदस्यको रुपमा आमन्त्रित थिइन् ।यसले, पनि के वुझिन्छ भने केकीले जती नजिकको साथी रिमालाई सोच्छिन्, त्यती बेनिशालाई नसोच्ने रहिछिन् ।

हुनत, बेनिशा, केकी र रीमाको टिमबाट बाहिरिएको चर्चा नचलेको होइन । तर, यो कुरालाई तीन नायिकाले बेलाबखत गलत रहेको पुष्टी गर्न खोजेका थिए । तर, यसपटक भने केकीले बेनिशालाई बिहेमा खबर नगरेर परको सोचेको धेरैको वुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *