बक्स अफिसमा नेपाली चलचित्रको बिजोग

२५ चैत २०७८ ९:१६

नेपाली दर्शकले साउथका चलचित्रहरुलाई अथाहा प्रेम गरिरहँदा नेपाली चलचित्रको बिजोग बक्स अफिसमा देखिएको छ । यो बर्ष रिलिजमा आएका चलचित्रको संख्या र ती चलचित्रको व्यापार हेर्ने हो भने निर्माताले मुख छोपेर रुनु पर्ने अवस्था छ ।

चैत्रको १८ गतेबाट रिलिज भएको चलचित्र ‘हेल्लो जिन्दगी’ मल्टिप्लेक्समा १ दिन पनि टिक्न सकेन । रिलिजको २ दिन जसोतसो हलमा दयनीय शो दिइएपनि आइतबारबाट भने चलचित्र अधिकांश हलमा उत्रियो । नायिकाद्धय दीपिका प्रसाँई र प्रियंका कार्कीको अनुहार चलचित्रका विक्न कसरी छाडेछ भन्ने उदाहरण पनि यो चलचित्रले प्रस्तुत गर्यो ।

निर्देशकको सपनाको चलचित्र भन्दै प्रचार गरिएको ‘चिसो एष्ट्रे’को अवस्था पनि उस्तै थियो । चलचित्र रिलिज अगाडि प्रचारप्रसारमा जती नै गफ लडाएपनि चलचित्र चलेपछि भने दर्शक र समीक्षकले यो चलचित्रलाई खराब भने । चलचित्रमा के देखाउन खोजिएको हो भन्ने नै निर्देशक स्पष्ट नहुँदा चलचित्र चिप्लियो ।

त्यसअघि रिलिज भएका ‘लप्पन छप्पन २, चपली हाइट ३, चुरीफुरी, डाँडाको वर पीपल’ लगायतका चलचित्रको अवस्था झनै दयनीय छ । यो बर्ष ‘म यस्तो गीत गाउँछु २’ नाफामा चल्दा ‘कठपुतली’ले रिलिजको पहिलो साताको शनिबार हल भर्न सफल भयो । यसअर्थमा, यो बर्ष रिलिज भएका नेपाली चलचित्रको अवस्था हलमा दयनीय नै देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *