केकीले मेहेन्दीले हातमा लेखिन् रोहितको नाम

११ वैशाख २०७९ १३:१७

नायिका केकी अधिकारी बैबाहिक जीवनमा बाँधिएको पनि ४ दिन भैसकेको छ । तर, केकीले सामाजिक संजालमा आफ्नो बिहेका विभिन्न चरणका तस्वीहरु सार्वजनिक गरिरहेकी छिन् । केकीले बिहे भएको दिन नै वैवाहिक झलकका ३ तस्वीर सार्वजनिक गरेकी थिइन् । यसपछि, केकीले हरेक दिन फरक फरक प्रकारका तस्वीर सार्वजनिक गरिरहेकी छिन् ।

केकीले आज सामाजिक संजालमा मेहेन्दीको तस्वीर सार्वजनिक गरेकी छिन् । जहाँ, मेहेन्दी लगाउँदै गर्दा केकी निक्कै खुशी देखिन्छिन् । रोचक कुरा त के छ भने, केकीले बिहेमा नजिककी साथी रीमा विश्वकर्मालाई मात्र निमन्त्रणा गरेकी छिन् । उनका अन्य केही नजिकका साथी बिहे समारोहमा अटाएका छैनन् । केकीले मेहेन्दीले हातमा आफ्ना श्रीमान् रोहित तिवारीको नाम लेख्दै गर्दा रोहितले पनि केकीको नाम हातमा लेखेका छन् ।

केकीको बिहे सकिएको ४ दिन भैसक्यो । तर, उनको फोटो सार्वजनिक गर्ने क्रम कहिलेसम्म चल्ने हो कुन्नी ? जे भएपनि बैबाहिक जीवनमा प्रवेश गरेपछि निक्कै खुशी देखिएकी केकी मेहेन्दीमा खुलेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *