अनमोल बराबरीको पारिश्रमिक लिने निर्देशक खनाल

११ वैशाख २०७९ १३:०३

निर्देशक दीपेन्द्र के खनालले महंगो पारिश्रमिक लिएर चलचित्र ‘के घर के डेरा’ साइन गरेको खुलेको छ । दीपेन्द्रले अर्का निर्देशक सुव्रतराज आचार्यलाई विस्थापित गर्दै यो चलचित्रको निर्देशनको जिम्मा सम्हालेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा ‘पशुपति प्रसाद, आमा’ जस्ता चलचित्र दिएका दीपेन्द्रले यो चलचित्रका लागि ३५ लाख पारिश्रमिक लिएका छन् । दीपेन्द्रले पनि महामारीपछि लामो समय काम नगरेकाले महंगो पारिश्रमिक लिएको सुनाए ।

यो चलचित्रको कथामा अहिले धमाधम काम भैरहेको छ । कथामा सन्तुष्ट भएपछि छायांकन सुरु गर्ने उनको तयारी छ ।महेश दवाडीको पटकथा तथा संवादमा तयार हुने यो चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा महंगो पारिश्रमिक लिने नायकको रुपमा अनमोल केसीलाई लिइन्छ । अनमोलले पनि करिब ५० लाख हारहारीको पारिश्रमिक लिने गरेको चर्चा हुने गरेको छ । दीपेन्द्रले अनमोलपछिको सबैभन्दा महंगो पारिश्रमिक लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *