हत्याको ‘रहस्य’ पत्ता लगाउँदै कार्म

११ वैशाख २०७९ ११:४३

आगामी वैशाख २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘षट्कोण’मा समावेश ‘रहस्य’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रमोशनल गीतको रुपमा तयार पारिएको यो गीतले चलचित्रको कथा बोलेको छ । यूनिक पोइटको शब्द तथा स्वर रहेको गीतमा विशेष पाण्डेको संगीत छ । यो गीतमा हत्याको रहस्य पत्ता लगाउँदा आउने आरोह र अवरोहलाई प्रस्तुत गरिएको छ ।

साइकोलोजिकल थ्रिलर कथामा निर्माण भएको यो चलचित्रमा नायक कार्म हत्याको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा देखिएका छन् । मिलन डी काप्रीको निदेृशन रहेको यो चलचित्रमा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु, असिम लामाको मुख्य भूमिका छ ।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको यो चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा आङ्छेन लामाको छायांकन, सागर खनाल र मिलनको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *