जुनियर एनटीआरसँग रोमान्स गर्ने आलियाको सपना अधुरै

११ वैशाख २०७९ ११:१६

साउथको ब्लकबस्टर चलचित्र ‘आरआरआर’मा काम गरेपछि बलिउड नायिका आलिया भट्ट साउथ सुपरस्टार जुनियर एनटीआरको फ्यान नै भइन् । उनले, जुनियरसँग काम गर्ने इच्छा पनि व्यक्त गरिन् । योसँगै आलियाले जुनियर एनटीआरसँग एक नयाँ चलचित्रमा काम गर्न लागेको चर्चा पनि भयो । आलियाले पनि एनटीआरसँग काम गर्न लागेको बताउँदै आएकी थिइन् ।

तर, आलिया र नायक रणवीर कपुरको बिहेका कारण कोराटाला शिवाको नयाँ चलचित्रमा आलिया र एनटीआरले एकसाथ काम गर्ने संभावना टरेको छ । आलियाको बलिउडका अन्य केही चलचित्रका लागि समय दिनुपर्ने भएपछि एनटीआरको नयाँ चलचित्रका लागि मेकरले अर्की नायिकाको खोजी गरिरहेको छ ।

जुन महिनादेखि यो चलचित्रको छायांकन सुरु हुने भएकाले पनि भारत मै चर्चा कमाएकी नायिकाको खोजी निर्माणपक्षले गरिरहेको हो । यसका लागि नायिका रश्मीका मन्दनाको नाम सबैभन्दा अगाडि छ । तर, रश्मीकाको पनि सेड्यूल निक्कै नै व्यस्त भएकाले मेकरले उनको समय पाउन मुश्किल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *