‘मेरी आमा’मा गौरीसँग साटिएको गीताको खुशी

११ वैशाख २०७९ ११:०३

आफ्नी आमाको अनुहारमा खुशी ल्याउन सके छोरा वा छोरीको जीवन नै सार्थक हुन्छ भनिन्छ । अझै, पनि छोराको आशमा बस्ने हाम्रो समाजमा छोरीले पनि बाबु आमाको सेवा गर्न सक्छन् भन्ने सोच कम नै छ । तर, गायिका रानी शाक्यले सार्वजनिक गरेको नयाँ गीत ‘मेरी आमा’मा भने एक छोरीले आफ्नी आमामाथि देखाएको ममतालाई प्रस्तुत गरिएको छ । सन्तोष आलेको शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई देव धिमालले निर्देशन गरेका हुन् ।

भिडियोमा कलाकार गौरी मल्ल र मोडल गीता ढुंगानाको सशक्त अभिनय हेर्न सकिन्छ । साथमा, बिजयराज भुर्तेल र निरिस्का स्थापितलाई पनि भिडियोमा देख्न सकिन्छ । विजयराजको सम्पादन रहेको भिडियोमा बिरामी आमालाई छोरी र ज्वाँईले गरेको माया र माता तिर्थको सेलिव्रेशनलाई प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *