४० दिनमै सकियो कोशिश र शिल्पाको ‘परस्त्री’

११ वैशाख २०७९ ६:४०

डेब्यू निर्देशक सुरज पाण्डेको निर्देशनमा तयार भएको चलचित्र ‘परस्त्री’को छायांकन सकिएको छ । ४० दिनमा चलचित्रको छायांकन सकिएको निर्देशक पाण्डेले जानकारी दिए । मुस्ताङमा एक साता खिचिएको चलचित्रलाई बाँकी दिन काठमाडौंमा खिचिएको हो । यो फिल्मलाई कार्तिकको ६ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष छ ।

यो चलचित्रमा दीपेन्द्र के खनालको कथा छ । सुरजले पनि आफूले एउटा पनि दृश्यमा संझौता नगरी खिचेको बताए । यो चलचित्रमा कोशिश क्षेत्री, शिल्पा मास्के, गौरब बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

चलचित्र ‘लभ लभ लभ’बा चलचित्र निर्माणमा प्रवेश गरेकी शर्मिलाले ‘आमा, चिसो मान्छे, परस्त्री’ लगायतका चलचित्रमा लगानी गरिसकेकी छिन् । निर्देशक पाण्डेले ‘लभ लभ लभ’मा काम गरेका थिए । यसपछि, भने उनी चलचित्र मेकिङमा लागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *