दुबई पुगेपछि खुल्छिन् अदिती

११ वैशाख २०७९ ४:०२

नायिका अदिती वुढाथोकी नेपाल भन्दा बढी मुम्बई बस्छिन् । अझ, मुम्बई गएपछि दुबईमा रमाउन जाने उनको बानी नै छ । चलचित्र ‘बाबरी’को छायांकन सकेपछि मुम्बई पुगेकी अदिती उतैबाट दुबई पुगेकी छिन् । दुबईमा रातो रंगको विकिनीमा हट देखिएकी अदिती निक्कै खुलेकी छिन् ।

हुनत, सामाजिक संजालमा अदितीले विकिनी लगाएर तस्वीर पोष्ट गरेको पहिलो पटक होइन । तर, पनि उनका हरेक तस्वीरमा दर्शकको लाइक र प्रतिक्रिया उच्च देखिन्छ । उनले अभिनय गरेको चलचित्र ‘बाबरी’ भदौको ३१ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनले नायक धिरज मगरसँग जोडी बाँधेकी छिन् ।

चलचित्र रिलिज नभएको लामो समय भएकाले पनि अदिती सामाजिक संजालबाट दर्शकसँग नियमित जोडिने गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *