हलवालाको विभेदमा अनमोलले दुखाए चित्त, सुहानाले पालो पर्खने

१० वैशाख २०७९ १५:२५

नायक अनमोल केसी र नायिका सुहाना थापाले अभिनय गरेको चलचित्र ‘ ए मेरो हजुर ४’ वैशाख १ गतेबाट रिलिज भैरहेको छ । चलचित्र रिलिजको दशौं दिनमा आइपुग्दा पनि दर्शकको उच्च साथका साथ चलिरहेको छ । दोश्रो साताको शनिबार पनि चलचित्रले देशभरका हलमा बम्पर व्यापार गर्यो ।

दर्शकको प्रतिक्रिया वुझ्नका लागि काठमाडौंको अष्टनारायण हलमा पुगेका नायक अनमोल केसीले उत्साह व्यक्त गरे । उनले, दोश्रो सातामा पनि दर्शकको साथ पाइरहेको भन्दै आफूहरु सफल भएको बताए ।

तर, अनमोललको चित्त दुखाई प्रदर्शकमा थियो । प्रदर्शकले विदेशी चलचित्र आउँदा नेपाली चलचित्रमाथि विभेद देखाएको कुराले केही खल्लो लागेको उनले बताए । अनमोलले भने–‘पक्कै पनि खल्लो लाग्छ । यदि, सरकारले नेपाली चलचित्रलाई अझै नजिकबाट माया गरिदिएको भए यस्तो अवस्था नआउन पनि सक्थ्यो । तर, हामीलाई दर्शकले माया दिनुभएको छ । दर्शकको मायाले यी सबै कुरा विर्साइदिएको छ ।’

समीक्षकहरुले चलचित्रको बारेमा दिएको समीक्षामा अनमोलले भने–‘हामीलाई दर्शकले बनाइदिनुभएको हो र दर्शकको माया नै ठूलो कुरा हो । हामी चलचित्र पनि दर्शकका लागि नै बनाउँछौ । यसैले, दर्शकको माया पाएपछि अरु कुराले खासै अर्थ राख्दैन ।’

नायिका सुहाना थापाले भने प्रदर्शकहरुलाई घुमाउरो शैलीमा चेतावनी दिइन् । उनले, पालो सबैको आउने भन्दै दर्शकले दिएको माया नै आफूहरुका लागि महत्वपूर्ण भएको बताइन् । यसैले, अहिले कम शो पाएपनि दर्शकले उल्लेख्य साथ दिएकाले चलचित्रले राम्रो कमाई गरेको उनको भनाई थियो ।

झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रले पहिलो सातामा ४ करोड ग्रस कमाई गरेको थियो । चलचित्रले दोश्रो साताको शनिबारमा पनि दर्शकको उच्च साथ पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *