हल्दीमा रमाएकी वर्षा

१० वैशाख २०७९ ५:१४

नायिका वर्षा सिवाकोटीले शुक्रबार प्रेमी आशिष गेलालसँग बिहे गरिन् । आशिषले शनिबार बिहानै आफ्नी श्रीमती वर्षासँग भनेर इन्स्टाग्राममा भिडियो पोष्ट गरिसकेका छन् ।

मिडिया र चलचित्रकर्मीलाई समेत कुनै खबर नगरी वर्षाले सिमित आफन्तको विचमा बिहे गरेकी हुन् । काठमाडौं भन्दा केही परको एक रिसोर्टमा बिहे गर्दै गर्दा वर्षालाई तस्वीर भिडियो लिक हुने खुबै डर रहेछ ।

उनै, वर्षाले बिहे सकिएपछि हल्दीमा रमाएको तस्वीहरु सार्वजनिक गरेकी छिन् । जहाँ, उनका नजिकका आफन्त मात्र सहभागी छन् । वर्षा बैबाहिक जीवनमा प्रवेश गर्न पाउँदा निक्कै खुशी पनि छिन् । नेपाली चलचित्र क्षेत्रमा ‘नाई नभन्नु ल २’बाट प्रवेश गरेकी यी सुन्दरीले अभिनय गरेको ‘लक्का जवान’ नामक चलचित्र वैशाख २३ गतेबाट रिलिज हुँदैछ । वर्षा चलचित्रको प्रचारमा देखिएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *