शोभितको निर्देशनमा सुरु भयो ‘हाम्रो स्वर्ग’को छायांकन

९ वैशाख २०७९ ११:१४

नेपाली चलचित्र क्षेत्रमा चर्चामा रहेका निर्देशक शोभित बस्नेत नयाँ चलचित्र ‘हाम्रो स्वर्ग’को छायांकन सुरु भएको छ । यो चलचित्रको छायांकन जुम्ला जिल्लाको पटमाराबाट सुरु भएको छ । यो चलचित्रमा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बहादुर रोकाया, ललित जङ्ग महत्त लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा ज्ञान कुमार कट्टेलको छायांकन, गौतमराज खड्काको सम्पादन रहनेछ । यो चलचित्रले यार्सागुम्बा टिप्ने मानिसहरुको कथालाई प्रस्तुत गर्ने निर्देशक बस्नेतले जानकारी दिए । यो चलचित्रको छायांकन कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट लगायतका १० वटा जिल्लामा छायांकन हुनेछ ।

एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण सुरु भएको चलचित्रलाई शान्ता शर्माले लगानी गरेकी छिन् । चलचित्रमा नवदत्त न्यौपानेको संगीत, रामकृष्ण वुड्थापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *