अमेरिकामा बस्ने इन्जिनियर आशिषसँग वर्षाको बिहे

९ वैशाख २०७९ १०:०५

नायिका वर्षा सिवाकोटी आज बैबाहिक जीवनमा बाँधिएकी छिन् । निक्कै गोप्य राखिएको उनको बैबाहिक समारोहमा करिब डेढ सय आफन्त र परिवारका सदस्य मात्र उपस्थित छन् ।

वर्षाले अमेरिकामा रहँदै आएका आशिष गेलालसँग बिहे गरेकी हुन् । वर्षाको यो मागी बिबाह हो । वर्षा परिवारले आशिषसँग बिहेको कुरा अगाडि बढाएपछि केही हप्ता अगाडि अमेरिका गएकी थिइन् । अमेरिकाबाट फर्किएलगतै उनी वैवाहिक जीवनमा बाँधिने निर्णय गरेकी हुन् ।

वर्षाको बिबाह एक भिल्लामा भैरहेको छ । बैबाहिक समारोहलाई गोप्य राख्न वर्षाले निक्कै प्रयास गरेकी छिन् । वर्षाका जीवनसाथी आशिष इन्जियिनर हुन् । उनको घर नेपालमा बालुवाटारमा रहेको श्रोतले बतायो । परिवारका एक मात्र छोरा आशिषले अमेरिकामा निक्कै ह्यान्डसम पारिश्रमिकमा काम गरिरहेका छन् ।

आशिष मोडलद्धय प्रिज्मा र प्रिन्सी खतिवडाका आफन्त समेत हुन् । यसैले, बिहेमा प्रिज्मा र प्रिन्सी समेत उपस्थित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *