स्क्रिप्ट लक हुन नसक्दा ‘छक्का पन्जा ४’को छायांकन सुरु हुन सकेन

९ वैशाख २०७९ ८:०१

ब्लकबस्टर चलचित्र ‘छक्का पन्जा’को चौथो सिरिज बनाउने तयारीमा यसका निर्माता तथा कलाकार दीपकराज गिरी छन् । यो चलचित्रलाई यसै बर्षको दशैंमा रिलिज गर्ने योजना पनि उनको छ । तर, चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ निर्माणपक्षले पनि फाइनल गर्न सकेको छैन ।

दीपकराज भन्छन्–‘असार १ गतेबाट छायांकन सुरु गर्ने कि भन्ने कुरा भएको छ । तर, स्क्रिप्ट नै लक हुन सकेको छैन । म आफूलाई चित्त नवुझेसम्म चलचित्रको छायांकन सुरु गर्दिनँ । यसैले पनि ढिलाई भएको हो ।’

हुनत, दीपकराज र उनको टिमले अन्य केही चलचित्रमा काम गर्ने तयारी पनि गरिरहेको छ । उनीहरु ट्रि इन्टरटेन्मेन्टको चलचित्रमा पनि काम गर्ने तयारीमा छन् । तर, कुन चलचित्र पहिला सुरु हुन्छ भन्ने फाइनल भएको छैन । एक साता भित्रमा यो सबै कुरा फाइनल हुने दीपकको भनाई छ ।

यो टिमबाट कलाकार जितु नेपाल बाहिरिसकेका छन् । अब, दीपकराज, केदार घिमिरे, दीपाश्री निरौला लगायतको टिमले चलचित्र बनाउनेछ । केदार पनि ‘कमेडी हब’ नामक रियालिटी शोमा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *