‘षट्कोण’ जस्तो फिल्म गर्न चाहन्छुः कार्म

९ वैशाख २०७९ ६:३१

नायक कार्म शाक्यले आफूले ‘षट्कोण’ जस्तै चलचित्रमा काम गर्न चाहेको बताएका छन् । वैशाख २३ गतेबाट रिलिज हुन लागेको चलचित्रको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘मैले काम गर्न चाहेको चलचित्र भनेको षट्कोण जस्तो हो । यस्तो चलचित्रमा काम गर्दा नयाँ अनुभुती हुन्छ । चलचित्रमा म खोजी पत्रकारिता गर्ने पत्रकारको भूमिकामा देखिदैछ । पत्रकारको भूमिकामा मैले काम गरेको पहिलो पटक भने होइन । तर, यसपटक भने नयाँ अनुभव गर्न पाएँ ।’

कार्मले आफूलाई लभ स्टोरी चलचित्रबाट बढी अफर आएको बताए । तर, आफूलाई अब पुरानै शैलीको लभ स्टोरी कथामा काम गर्न मन नलागेको पनि उनको भनाई थियो । आफू, यो क्षेत्रमा स्टार बन्न भन्दा पनि कलाकार बन्न आएको कार्मले बताए ।

मिलन डी कार्पीको मुख्य भूमिका रहेको यो चलचित्रमा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयषा अधिकारी, विराज कडरिया, शिशिर लिम्बुको मुख्य भूमिका छ । पत्रकार सम्मेलनमा उपस्थित भोला र लोकेन्द्रले पनि फरक कथामा यो चलचित्र बनेको भन्दै दर्शकले मन पराउनेमा विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *