ग्रान्डी अपार्टमेन्टमा मोबाइल समेत निषेध गरेर किन गरिन् केकीले बिहे ?

९ वैशाख २०७९ ५:३९

नायिका केकी अधिकारीको बिहे बिहिबार सम्पन्न भयो । केकीले ३ वटा फोटो सार्वजनिक गर्दै आफूले बिहे गरेको र नयाँ जीवन सुरुवात भएको जानकारी दिएकी छिन् । तर, केकीले आफ्नो बिहेलाई गोप्य राख्न हरदम कोशिश गरिन् । केकी गोप्य शैलीमा बिहे गर्ने चाहना राख्थिन् । यसैले, उनले आफ्नो चाहना अनुसार नै बिहे गरेकी हुन् ।

केकीको बिहे ग्रान्डी अपार्टमेन्ट भित्र भएको थियो । यो अपार्टमेन्टमा उनका श्रीमान् रोहित तिवारी बस्दै आएका छन् । रोहित बस्दै आएको अपार्टमेन्टको गोप्य स्थानमा बिहे सम्पन्न भएको थियो । बिहेमा करिब सय जना पाहुनाहरु उपस्थित थिए । केकीले चलचित्र क्षेत्रका नजिकका साथीहरुलाई समेत बिहेमा बोलाएकी थिइनन् ।

केकीको बिहेमा उपस्थिती पाहुनाहरुलाई मोबाइलबाट समेत फोटो वा भिडियो खिच्न बन्देज लगाइएको थियो । अफिसियल फोटोग्राफर बाहेक अरुले केकीको बिहेको कुनै पनि दृश्य र तस्वीर कैद गर्न पाएनन् ।

अफिसियल फोटोग्राफरहरुसँग पनि आफूले चाहेको भन्दा अन्य फोटो सार्वजनिक गर्न नपाउने गरि केकीले संझौता गरेकी छिन् । यसैले, उनले बिहिबार ३ वटा मात्र फोटो सार्वजनिक गरेकी छिन् भने अन्य फोटो क्रमिक रुपमा सार्वजनिक गर्ने उनको तयारी छ ।

वुझिएअनुसार, बिहेमा दुलही अन्माउने क्रममा केकी रोएकी थिइन् । परिवारसँग छुट्टिनु पर्दाको पीडा उनको आँखामा स्पष्ट देखिन्थ्यो । श्रोतले भन्यो–‘केकी बिहे अवधीभर निक्कै खुशी थिइन् । तर, अन्माउने बेलामा उनले आँशु रोक्न सकिनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *