आलियासँग बिहे लगतै रश्मीकासँग मनाली पुगे रणवीर

९ वैशाख २०७९ ४:३७

केही दिन अगाडि मात्र नायिका आलिया भट्टसँग बैबाहिक जीवनमा बाँधिएका नायक रणवीर कपुर मनाली पुगेका छन् । उनै, बिहेपछि हनिमुन मनाउनका लागि मनाली पुगेका भने होइनन् । आफ्नो नयाँ चलचित्र ‘एनीमल’को छायांकनका लागि रणवीर मनाली पुगेका हुन् । उनीसँगै, चलचित्रकी नायिका रश्मीका मन्दना पनि मनाली पुगेकी छिन् ।

मनालीमा यी दुई कलाकारलाई कुल्लू परम्परा अनुसार टोपी र मफलरले स्वागत गरिएको छ । उनीहरु, पाँच तारे होटल बडागढ रिसोर्टमा बस्नेछन् । भारतीय मिडियाका अनुसार, चलचित्रको केही दृश्यको छायांकन मनालीको सुन्दरतामा गरिनेछ ।

संदीप रेड्डी बांगाको निर्देशनमा बन्न लागेको चलचित्रलाई मनालीमा एक साता खिचिनेछ । साउथ चलचित्रमा हंगामा मच्चाएपछि रश्मीका बलिउडमा पनि सुपरहिट भैरहेकी छिन् । उनको हातमा बलिउडका स्टार कलाकारसँगको चलचित्र छ । उनले, सिद्धार्थ मल्होत्रा, अमिताभ बच्चनपछि रणवीरसँग काम गर्न लागेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *