केकीपछि आज सुटुक्क बिहे गर्दै वर्षा सिवाकोटी

९ वैशाख २०७९ २:२८

नायिका केकी अधिकारीले बिहिबार प्रेमी रोहित तिवारीसँग बिहे गरिन् । सिमित आफन्त र परिवारका सदस्यहरुलाई साक्षी राखेर केकीले बिहे गरिन् । केकीले आफ्नो बैबाहिक समारोहलाई गोप्य राख्न खुबै प्रयास गरिन् । केकीले बिहे गरेको भोलीपल्ट अर्थात आज अर्की नायिका पनि सुटुक्क बिहे गर्दैछिन् । नेपाली चलचित्र क्षेत्रमा ‘नाई नभन्नु ल २’बाट प्रवेश गरेकी नायिका वर्षा सिवाकोटी आज बिहे गर्दैछिन् ।

वर्षाले पनि बिहेलाई गोप्य राख्ने कोशिश गरिरहेकी छिन् । उनले, बिहेलाई गोप्य राख्नुको कारण खुलेको छैन । तर, श्रोतका अनुसार कलंकीको एक पार्टी प्यालेसमा वर्षाले बिहे गर्दैछिन् । वर्षाको बिहेमा सिमित आफन्तलाई मात्र बोलाइएको छ ।

अमेरिका रहँदै आएका यूवकसँग वर्षाले बिहे गर्न लागेकी हुन् । श्रोतका अनुसार, यूवकको नेपालमा घर भने बालुवाटारमा छ । वर्षा एक महिना अगाडि मात्र अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेर फर्किएलगतै वर्षा वैवाहिक जीवनमा बाँधिने निर्णयमा पुगेकी हुन् । वर्षालाई बैबाहिक जीवनको धेरै धेरै शुभकमाना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *