बेहुली बन्दा यस्तो देखिइन् केकी

८ वैशाख २०७९ १४:०४

नायिका केकी अधिकारी बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनी, आज प्रेमी रोहित तिवारीसँग बैबाहिक जीवनमा बाँधिएकी हुन् ।

केकीले निक्कै गोप्य रुपमा बिहे गरेकी थिइन् । केकीले पहिलेदेखि नै गोप्य रुपमा बिहे गर्ने योजना रहेको बताउँदै आएकी थिइन् । आफ्ना आफन्त र परिवारको उपस्थितीमा केकीले गोप्य रुपमा प्रेमी तिवारीसँग बिहे गरेकी हुन् ।

केकीले बिबाहको तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्–आजको दिनसम्म मलाई कलाकारको रुपमा दिनु भएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारको रुपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्यया सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरुको आर्शिवादको अपेक्षा गरेका छौं । यहाँहरुको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *