‘ए मेरो हजुर ४’ टिमले अनमोल–सुहानालाई मात्र च्याप्दा सलोनको चित्त दुखेको हो ?

८ वैशाख २०७९ १३:२८

चलचित्र ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिजमा उपस्थित भएपछि नायक सलोन बस्नेत हराए । उनी, चलचित्रको प्रिमियरदेखि प्रचारमा कतै पनि देखिएनन् ।

सलोन कतै पनि नदेखिदा मिडियामा नायक अनमोल केसी र नायिका सुहाना थापा मात्र देखिए । जताततै उनीहरु छ्याप्तछ्याप्ती देखिदा सलोन टाढा भए । सलोनका फ्यानले उनी नआउनुको कारण जान्न चाहे । सलोनका पिता शोभित बस्नेतले प्रचारमा छोरालाई नबोलाइएको भन्दै आक्रोश व्यक्त गरे ।

चलचित्रको विशेष शोमा पनि नदेखिएका सलोन आफ्नो र टिमबिच कुनै सम्बन्ध नबिग्रिएको बताउँछन् । उनले भने–‘चलचित्रको प्रिमियरको दिनमा मेरो रेष्टुरेन्टको उद्घाटन थियो । यसैले म उपस्थित हुन नपाएको हुँ । मेरो सम्बन्ध झरना दिदीहरुसँग झगडा भएको होइन ।’

सलोनले मिडियामा अनमोल र सुहानालाई मात्र अगाडि सारिएकोमा आफूलाई चित्त नदुखेको पनि बताए । उनले भने–‘ए मेरो हजुर ३ को समयमा पनि मैले यात्रालाई प्राथमिकता दिए । झरना दिदीहरुसँग सल्लाहा गरेर नै मैले यात्राको प्रमोशनमा समय दिएको थिएँ । अर्कोतिर, अनमोल र सुहानाको जोडी नै प्रचारका लागि पर्याप्त छ ।’

सलोनले मिडियामा ‘ए मेरो हजुर ४’को टिमविच कुनै खालको सम्बन्ध नविग्रिएको बताएपनि चलचित्र क्षेत्रमा भने उनलाई टिमले वेवास्ता गरेकाले उनी प्रचारबाट टाढा भएको चर्चा चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *