एक सातामा ‘ए मेरो हजुर ४’को व्यापार ४ करोड ग्रस

८ वैशाख २०७९ १०:५१

बिहिबार नयाँ बर्षको दिनबाट रिलिजमा आएको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले पहिलो सातामा ४ करोडको ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’ले नेपालमा आक्रामक व्यापार गर्दा पनि नेपाली चलचित्रलाई खासै फरक परेको छैन ।

यो चलचित्रले पहिलो दिन बिहिबार ८८ लाखको व्यापार गरेको थियो । दोश्रो दिन ६६ लाखको व्यापार गरेको चलचित्रले शनिबार ८९ लाखको व्यापार गर्यो । आइतबार चलचित्रको व्यापार केही कम भयो । आइतबार चलचित्रले ४५ लाखको व्यापार गर्यो भने सोमबार ४१ लाखको व्यापार गर्यो । मंगलबार र बुधबार चलचित्रले ३६–३६ लाखको व्यापार गरेको वितरक शाहीले बताए ।

उनले भने–‘दोश्रो सातामा पनि चलचित्रले राम्रो हल पाएको छ । आज बिहिबार पनि अधिकांश हलमा दर्शकको उपस्थिती बाक्लो छ । दोश्रो सातामा पनि चलचित्रले राम्रो कमाई गर्यो भने निर्माताले नाफा कमाउने पक्का छ ।’

सुनिल कुमार थापाको लगानीमा बनेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *