केपी ओलीसँग फोटो खिचाउँदा पूजा एमाले प्रवेश गर्न लागेको चर्चा

८ वैशाख २०७९ ६:५४

बुधबार निर्देशक तथा कलाकार दिनेश डीसीको निमन्त्रणामा नायिका पूजा शर्मा गोदाबरीमा आयोजित एक कार्यक्रममा पुगिन् । ‘युवासँग केपी ओली’ कार्यक्रममा पुगेकी पूजाले केपीसँग तस्वीर पनि खिचाइन् ।

बुधबार सामाजिक संजालमा नायिका पूजा शर्माको बिहे भएको खबरले पनि तरंग उत्पन्न गरेको थियो । केपी ओलीसँग तस्वीर खिचाउन लाग्दा मोबाइलमा बजेको फोनको घन्टीका कारण पूजालाई तनाव भयो । पूजाले आफ्नो मोबाइलमा धेरै फोन आएको भन्दै दिनेश डीसीलाई नै तस्वीर खिचिदिन आग्रह गरिन् ।

कार्यक्रममा केही समय बसेर फर्किएकी पूजाले बिहिबार बिहानै केपी ओलीसँगको तस्वीर पोष्ट गरिन् । उनले, तस्वीर पोष्ट गर्दै आफूले कुनै पनि पार्टीलाई समर्थन नगरेको पनि लेखेकी छिन् । तर, उनले केपी ओलीलाई असाधरण क्षमता भएका नेता पनि भनेकी छिन् ।

पूजाले तस्वीर सार्वजनिक गरेसँगै सामाजिक संजालमा उनी पनि नेकपा एमाले पार्टीमा प्रवेश गर्न लागेकी हुन् कि भन्ने चर्चा चलेको छ । उनको तस्वीरमा कतिपयले उनलाई पार्टी प्रवेश गर्न लागेको भन्दै बधाई दिइरहेका छन् भने कतिपयले आलोचना गरेका छन् ।

तर, पूजा कार्यक्रममा केपी ओली र उनको पार्टीलाई समर्थन गर्न भन्दा पनि कार्यक्रमको प्रकृती हेरेर पुगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *