‘बच्चा’को बिषयमा राजेश हमालको एउटै जवाफ

८ वैशाख २०७९ ६:४४

तपाई बाबु कहिले बन्ने त ? नायक राजेश हमाललाई हरेक अन्तरवार्ता वा सार्वजनिक कार्यक्रममा मिडियादेखि फ्यानले सोध्ने प्रश्न हो यो । मधु भट्टराइसँग बिबाह गरेपछि राजेशलाई यो प्रश्नले छाडेको छैन । उनले पनि सधै एउटै जवाफ दिने गरेका छन् ।

बुधबार आयोजना भएको चलचित्र ‘ए मेरो हजुर ४’को विशेष शोमा पुगेका हमाललाई मिडियाकर्मीले यही प्रश्न सोधे । नायक भूवन केसीका छोरा अनमोल केसीको चलचित्र हेर्न पुगेका हमाललाई तपाइको छोरा कहिले हिरो बन्ने त भनेर प्रश्न सोझियो ।

यो बिषयमा हमालले ठट्यौली शैलीमा भने–‘म आफै नै बच्चा छु । अब, एउटा बच्चाले अर्को बच्चा पाउने कुरा त खासै संभव भएन नी ।’

हमाललाई नायक शिव श्रेष्ठ र भूवन केसीले सन्तान जन्माउँदा सघाउने प्रस्ताव गरे । तर, हमालले यसमा पनि ठट्टा गर्दै भने–‘अरु कुरामा सहयोग गरेपनि, बच्चा जन्माउने बिषयमा कृपया मलाई साथ नदिनुहोला । म एक्लै यो कुरामा सक्षम छु ।’

हमालले जहिले पनि बच्चाको प्रश्नमा आफू पनि बच्चा नै रहेको जवाफ दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *