दोश्रो हप्तामा ‘ए मेरो हजुर ४’: शो घटेन, दर्शकको चाप सुखद

८ वैशाख २०७९ ६:३७

रिलिजको दोश्रो सातामा प्रवेश गरेको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले दर्शकको साथ पाइरहेको छ । दोश्रो सातामा आजबाट प्रवेश गरेको यो चलचित्रलाई मल्टिप्लेक्सहरु सुखद शोज नै उपलब्ध गराएका छन् । अधिकांश हलबाट बिहानीको शो कटौती भएको छ भने दिउँसो र बेलुकीको राम्रो समयमा चलचित्रले शोज पाएको छ ।

वितरक गोविन्द शाहीले भने–‘साउथ चलचित्रमा दर्शकको संख्या घटेको छैन । हाम्रो शो पनि खासै घटेको छैन । हामीले बिहानी शो भन्दा दिउँसो र बेलुकीको शोमा बढी जोड गरेका थियौं । प्रदर्शकहरुले पनि सोही अनुसार शो दिएका छन् ।’

चलचित्रले पहिलो सातामा राम्रो व्यापार गरेको छ । नेपालमा समेत बम्पर कमाई गरिरहेको ‘केजीएफ २’सँगको टकरावमा पनि यो चलचित्रले दर्शकको उल्लेख्य साथ पाइरहेको छ । बुधबारसम्म पनि चलचित्र हेर्नका लागि दर्शकको चाप घटेको छैन ।

दोश्रो साताको शुक्रबार र शनिबार चलचित्रले सुखद कमाई गर्ने आशा वितरकको छ । यस्तै, निर्माता सुनिल कुमार थापाले भने आफूहरुको चलचित्रका लागि दोश्रो हप्ता पहिलो हप्ता हुने बताए । झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *