तंबाकुको विज्ञापन गरेकोमा अक्षयले मागे माफी

८ वैशाख २०७९ ६:२९

नायक अक्षय कुमारले अर्का २ नायक साहरुख खान र अजय देवगणसँग मिलेर एक तंबाकुको विज्ञापनमा काम गरे । अक्षयले यो विज्ञापनमा काम गरेपछि उनको चर्को आलोचना भयो । धुम्रपान सेवन नगर्न भन्दै विज्ञापनमा काम गरेका अक्षयले तंबाकुको विज्ञापनमा पैसा लिएर काम गरेपछि आलोचना हुनु स्वभाविक नै थियो ।

अब, अक्षयले आफ्ना फ्यान र दर्शकसँग माफी माग्दै विज्ञापनमा काम नगर्ने बताएका छन् । अक्षयले लेखेका छन्–‘म आफ्ना सबै दर्शक र शुभचिन्तकसँग माफी माग्न चाहन्छु । विगत केही दिनदेखि तपाइहरुको प्रतिक्रियाले मलाई झस्काएको छ । म तंबाकुको समर्थन गर्न चाहन्नँ । तपाइहरु सबैले जसरी विमल इलायचीसँग म जोडिएको बिषयमा आफ्नो भावना व्यक्त गर्र्नु भएको छ, त्यसलाई म सम्मान गर्छु ।’

उनले अगाडि लेखेका छन्–‘म विनम्रताका साथ यो विज्ञापनबाट पछि हटेको छु । मैले यो विज्ञापनबाट पाएको सबै रकम कुनै न कुनै सामाजिक काममा खर्च गर्ने निर्णय गरेको छु । कानुनी प्रक्रियाका कारण यो विज्ञापनलाई संझौता समय अनुसार प्रशारण गर्ने अधिकार रहेको छ । तर, अब आगामी दिनमा सजग रहनेछु ।’

अक्षयले आफूलाई एउटा गुटका कम्पनीले करोडौं रुपैयाँमा अफर गरेपनि आफूले अस्विकार गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *