सबैभन्दा चाडो २५० करोड कमाउने पहिलो फिल्म बन्यो ‘केजीएफ २’

८ वैशाख २०७९ ६:१३

विश्व बजारमा ७ सय करोड कमाएको साउथ चलचित्र ‘केजीएफ २’ले हिन्दी भाषामा बम्पर कारोबार गरेको छ । यो फिल्मले रिलिजको ७ दिनमा बक्स अफिसमा २५० करोडको आँकडा पार गरेको छ । रिलिजको पहिलो दिन बिहिबार ५३.९५, शुक्रबार ४६.७९, शनिबार ४२.९०, आइतबार ५०.३५, सोमबार २५.५७, मंगलबार १९.१४ र बुधबार १६.३५ करोड गरि सात दिनमा यो फिल्मले २५५.०५ करोडको व्यापार गरेको छ ।

यसअघि, यो लोभलाग्दो आँकडा ‘बाहुबली २’ले ८ दिनमा पार गरेको थियो । यस्तै, ‘दंगल, सञ्जु र टाइगर जिन्दा हे’लाई २५० करोड कमाउने १० दिन लागेको थियो ।

साउथका चलचित्रले बलिउडलाई चुनौती दिइरहेको समयमा यो चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । अब, यो चलचित्रले नायक आमिर खानको ‘दंगल’ चलचित्रको व्यापारलाई उछिन्छ या उछिन्दैन भन्ने प्रतिक्षा सबैमा छ ।

यश, संजय दत्त, रविना टन्डनको मुख्य भूमिका रहेको यो चलचित्रले बक्स अफिसमा अझै पनि बम्पर व्यापारको क्रमलाई रोकेको छैन । यसैले, चलचित्रले ४ सय करोडको आँकडा छुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *