प्रेमीसँग केकीको मेहेन्दी सेरेमोनी, भोली बिहे

७ वैशाख २०७९ १७:२०

नायिका केकी अधिकारीले आफ्नो वैवाहिक जीवनलाई गोप्य राख्न हरदम कोशिश गरिरहेकी छिन् । कुनै चर्चा विना नै केकी वैवाहिक जीवनमा बाँधिन लागेकी हुन् ।

उनको आज मेहेन्दी सेरेमोनी भएको वुझिएको छ । केकी अधिकारी केही बर्षदेखि रोहित तिवारीसँगको प्रेम सम्बन्धमा थिइन् । उनीहरुले, आफन्त र परिवारका सदस्यलाई मात्र राखेर वैवाहिक जीवनको यात्रा सुरु गरेका हुन् । केकीको बिहे भोली हुने बताइएको छ । मिडियामा आज केकीको बिहे भएको चर्चा चलेपनि उनीहरुको आज मेहेन्दी सेरेमोनी मात्र भएको र भोली बिहे हुन लागेको वुझिएको छ ।

केकीले आफ्नो बिहे गोप्य गर्ने योजना लामो समयदेखि आफ्ना सहकर्मी र मिडियाकर्मीलाई सुनाउँदै आएकी थिइन् । सोही अनुरुप, उनले बिहेलाई गोप्य तरिकाले नै गर्ने तयारी थालेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *