बिहे कसको : केकी, पूजा या वर्षाको ?

७ वैशाख २०७९ ८:५६

नेपाली चलचित्र क्षेत्रमा कलाकारका बिषयमा विभिन्न खालका चर्चा र हल्ला चल्छन् । कहिले कलाकारको प्रेम चर्चाले बजार गर्मिन्छ त कहिले कलाकारको ब्रेकअप र बिहेको खबरले बजारमा हल्ला चल्छ । बुधबार बिहानैदेखि नेपाली चलचित्रकी एक नायिकाको बिहे हुन लागेको खबरले बजार गर्मिएको छ । बजारमा यो हल्ला चलेसँगै अविवाहित नायिकाहरुको फोनमा धमाधम फोन बजिरहेको छ ।

कतिपयले नायिका पूजा शर्माले बिहे गर्न लागेको हल्ला गरिरहेका छन् । पूजा र युद्ध बाँनियाको प्रेम चर्चा चलिरहेको समयमा बजारमा उनीहरुको बिहेको हल्ला चलेको हो । तर, बिहेको हल्ला चलिरहँदा पूजा भने एक कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । पूजाले पनि रमाइलोका लागि कतिपय नजिकका साथीहरुलाई आफ्नो बिहे हो भनेर भनिदिएपछि माहोल झनै गर्मिएको हो । तर, पूजाले तत्काल बिहे गर्ने कुनै योजना नभएको बताएकी छिन् ।

यस्तै, नायिका वर्षा सिवाकोटीको पनि बिहेको चर्चा छ । तर, वर्षाले आज आफ्नो बिहे नभएको बताइन् । वर्षाले भने केही दिनमै बिहे गर्न लागेकी छिन् । यसका लागि अमेरिकामा रहेका एक यूवकसँग बिहे फाइनल भैसकेको वुझिएको छ ।

बजारमा चलेको चर्चा अनुसार, नायिका केकी अधिकारी भने बैबाहिक जीवनमा बाँधिदैछिन् । केकीले आफ्नो बिहे गोप्यग गर्ने सोच रहेको बताउँदै आएकी छिन् । केकीको परिवारले यो बिषयमा केही पनि जानकारी दिएको छैन । तर, केकी आज–भोली नै बैबाहिक जीवनमा बाँधिन लागेको श्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *