३० केजी मोटाएकी प्रियंकालाई ३० केजी नै घट्नुपर्ने चुनौती

७ वैशाख २०७९ ५:२४

नायिकाहरुलाई आफ्नो फिगरको निक्कै नै चिन्ता हुन्छ । फिगर मेन्टेन गर्न सकिदैन कि भन्ने चिन्ताले उनीहरुलाई सताउँछ । नायिका प्रियंका कार्की आमा बन्दा ३० केजी मोटाइन् । सो समयमा त प्रियंकालाई चिन्न मुश्किल नै पथ्र्यो । आमा बनेको ८ महिनापछि प्रियंकालाई तौल घटाउन सकस भैरहेको छ ।

किनकी, उनी अब फेरि करिअरलाई अगाडि बढाउन चाहन्छिन् । तर, मोटो तौलले उनलाई समस्या दिइरहेको छ । प्रियंकाका अनुसार, उनी गर्भवती हुँदा ३० केजी मोटाएकी थिइन् । तर, अहिले उनी १६ केजी घटिसकेकी छिन् । अझै, १६ केजी घट्न बाँकी रहेको प्रियंका बताउँछिन् ।

यसका लागि वर्कआउट पनि गरिरहेको उनले सुनाइन् । हुनत, प्रियंका तौल घटाउनका लागि खानेकुरा नै नखाई बस्न सक्ने नायिका हुन् । प्रियंकाले अब आफूलाई अरुले लेख्न नसकेको कथामा काम गर्ने बताउँदै आएकी छिन् । तर, उनलाई उनको तौलले कहिलेसम्म समस्या पार्ने हो, त्यो भने पछि नै थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *