काजल अग्रवाललाई पुत्र लाभ

७ वैशाख २०७९ ४:४४

साउथकी सुपरस्टार नायिका काजल अग्रवाल आमा बनेकी छिन् । काजलले मंगलबार छोरालाई जन्म दिएकी हुन् । यो बिषयमा काजलको परिवारले केही पनि जानकारी दिएको छैन । तर, मिडिया रिपोर्टका अनुसार उनले छोरालाई जन्म दिएकी हुन् । काजलले नयाँ बर्षको अवसर पारेर केही महिना अगाडि आफू आमा बन्न लागेको खबर मिडियासँग शेयर गरेकी थिइन् ।

सन् २०२० मा काजलले आफ्ना प्रेमी गौतम किचलुसँग बिहे गरेकी थिइन् । आमा बन्ने तयारी गरिरहँदा काजलले फोटोसुट समेत गराएकी थिइन् । काजलले आमा बन्ने तयारी गर्दै गर्दाको पल जीवनका लागि एक अविस्मरणीय हुने भन्दै बेबी बम्पसहित फोटोसुट गराएकी हुन् ।

साउथ चलचित्रकी सफल नायिका काजलले बलिउडका समेत केही चलचित्रमा काम गरेकी छिन् । बिहे गरेपछि भने उनी चलचित्रको दुनियाँबाट केही पर छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *