सलोनले दिलिपको अनुहार मात्र देखेपछि…

७ वैशाख २०७९ ४:१७

नायकद्धय दिलिप रायमाझी र सलोन बस्नेतले एकसाथ काम गरेको चलचित्र ‘लक्का जवान’ बैशाखको २३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रलाई कमेडी कथामा शिवहरी पौड्यालले निर्देशन गरेका हुन् ।

नायक सलोन बस्नेतका अनुसार, यो चलचित्रमा अर्का नायक दीलिप रायमाझीसँग काम गर्न पाउँदा उनी निक्कै खुशी छन् । किनकी, उनको सानैबाट दीलिपसँग काम गर्ने धोको थियो ।

सलोनले भने–‘मैले दीलिप अंकललाई प्रत्यक्ष राम्रोसँग देखेको थिइनँ । कुनै समय दीलिप अंकल एकसाथ ३ वटा चलचित्रको छायांकनमा व्यस्त हुनुहुन्थ्यो । म बालकलाकारको रुपमा काम गर्दा उहाँलाई एक पटक गाडी भित्र छिर्दै गरेको देखेको थिएँ । यो चलचित्रमा दीपिल अंकलसँग काम गर्न पाउँदा निक्कै खुशी छु ।’

सलोनले आफूलाई ‘शत्रु गते, दाल भात तरकारी’ लगायतका चलचित्रबाट अफर नआउँदा किरण केसीको टिमबाट कहिले फोन आउँछ भन्ने लागेको बताए । उनले भने–‘जब, यो चलचित्रका लागि मलाई फोन आयो, म सिधै किरण अंकललाई भेट्न गएँ । चलचित्र क्षेत्रका हस्तीहरुसँग काम गर्न पाउँदा खुशी लागेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *