संचार मन्त्रालयले ‘ओके’ भनिदिए नेपालमा रोकिनेछन् विदेशी डब फिल्म

७ वैशाख २०७९ ४:०१

साउथका विभिन्न भाषामा बनेका चलचित्रलाई हिन्दी भाषामा डब गर्दै नेपाल भित्राउँदा नेपाली चलचित्रको बजार नै खस्कन पुगेको छ । वितरकले पनि विभिन्न भाषाका चलचित्रलाई हिन्दी डब भर्सनमा नेपाल ल्याएर पैसा कुम्ल्याउने दाउ खोजिरहेका छन् । ‘पुष्पा, आरआरआर, केजीएफ २’ जस्ता चलचित्रले नेपालबाट करोडौ रुपैयाँ लगेका छन् ।

चलचित्र विकास बोर्डले जुन भाषामा चलचित्र बनेको हो, सोही भाषामा चलचित्र रिलिज गर्न दिनका लागि कुनै अवरोध नगर्ने बताएको छ । तर, भारतका विभिन्न प्रान्तमा बनेका चलचित्रलाई हिन्दी डब गर्दै नेपाल भित्राउन भने नदिने तयारीमा बोर्ड छ ।

चलचित्रकर्मीहरुको चर्को विरोध पछि बोर्डले मंगलबार संचार मन्त्रालयलाई पत्र लेख्दै यस्ता चलचित्रमाथि रोक लगाउन आग्रह गरेको हो । यदि, संचार मन्त्रालय बोर्डको आग्रहमा सकारात्मक भएको खण्डमा डब चलचित्रहरु नेपालमा प्रदर्शन हुने पाउने छैनन् ।

नेपालमा बलिउड र हलिउड चलचित्रको सिधै प्रभाव छ । अब त झन्, भारतका विभिन्न प्रान्तमा बनेका चलचित्रको हिन्दी डब भर्सन नेपाल भित्राएर केही वितरकले नेपाली चलचित्रमाथि ठाडै हस्तक्षेप गरिरहेका छन् । निर्देशक दयाराम दाहाल चर्को दबाबपछि यो निर्णयका लागि अग्रसर भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *