राजकुमार हिरानीसँग ‘डंकी’मा पहिलो पटक काम गर्दै साहरुख

६ वैशाख २०७९ १३:४१

नायक साहरुख खान र निर्देशक राजकुमार हिरानीले एकसाथ काम गर्ने भनेको लामो समय भैसकेको छ । ‘थ्री इडियट्स, मुन्ना भाई एमबीबीएस’का लागि राजकुमारको पहिलो रोजाई साहरुख नै थिए । तर, विविध कारणले साहरुख र राजकुमारको सहकार्य हुन सकेको थिएन ।

तर, लामो समयपछि बलिउडका सुपरहिट निर्देशक राजकुमार हिरानी र सुपरस्टार साहरुख खानविच सहकार्य हुने भएको छ । यी दुइले चलचित्र ‘डंकी’मा सहकार्य गरिरहेका छन् । आज एक घोषणा टिजर सार्वजनिक गर्दै साहरुख र हिरानीले एकसाथ काम गर्न पाउँदा उत्साहित भएको उल्लेख गरेका छन् ।

जियो स्टूडियोज, रेड चिल्लिज इन्टरटेन्मेन्ट र राजकुमार हिरानी फिल्मस्को ब्यानरमा यो चलचित्र बन्दैछ । चलचित्रमा साहरुखको साथमा नायिका तापसी पन्नुले काम गर्ने पक्का भएको छ । यो चलचित्रलाई राजकुमार हिरानी, अभिजात जोशी र कनिका ढिल्लोले लेखेका हुन् । चलचित्रलाई सन् २०२३ को डिसेम्बर २२ मा क्रिसमसको अवसर पारेर रिलिज गरिने पनि घोषणा टिजरमा उल्लेख छ ।

साहरुखले चलचित्रको छायांकन सुरु भएको र राजकुमारका लागि हरेक कुरा बन्नका लागि तयार भएको उल्लेख गरेका छन् । नायिका तापसी पन्नुले पनि यो यात्रा सुरु गर्न पाउँदा उत्साहित रहेको लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *