नायक पल शाहको विरुद्धमा किटानी जाहेरी दिएका नाबालिक गायिकाका पिताले पनि बयान फेरेका छन् । उनले, किटानी जाहेरी दिने क्रममा आफ्नी छोरीलाई मायाको नाटक देखाएर जर्बजस्ती करणी गरेको उल्लेख गरेका थिए ।
तर, मंगलबार जिल्ला अदालत, तनहुँमा बकपत्र गर्ने क्रममा उनले बयान फेरेका हुन् । बयान फेरेर उनले आफूले अरुले भनेको सुनेर उजुरी दिएको तर आफूले भने नदेखेको बताएका छन् । किटानी जाहेरी दिने बाबुले नै बयान फेरेपछि मुद्दा कमजोर बनेको टिप्पणी भैरहेको छ ।
आइतबार बयान दिने क्रममा नाबालिक गायिकाले पनि बयान फेरेकी थिइन् । उनले, आफूलाई पल शाहले बलात्कार नगरेको बकपत्र गरेकी थिइन् । नाबालिकलाई ‘होस्टायल’ गराएर बयान फेर्न लगाइएको उनका पक्षका वकिलहरुले गरिरहेका छन् ।
फागुणको १५ गते जिल्ला प्रहरी कार्यलय, तनहुँमा आत्मसर्मपण गरेपछि नायक पल शाह विगत केही दिनदेखि प्रहरीको थुनामा छन् । एक नाबालिक गायिकाका पिताले आफ्नी छोरीलाई मायाको नाटक गरेर पलले बारम्बार जर्बजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।